कोहलपुरबाट डेढ लाख मूल्यको अवैध सामान बरामद



कोहलपुर ।

कोहलपुरबाट प्रहरीले भन्सार छली गरेर ल्याएका कपडा बरामद गरेको छ । कोहलपुर–११ बसपार्कबाट प्रहरीले एक लाख मूल्य बढीका अवैध कपडा बरामद गरेको हो ।

बसपार्कस्थित बाटो किनारा पेटीमा लेडिज सुट बेवारिसे अवस्थामा रहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरको टोली पुगेको थियो । बरामद गरिएकोमा एक सय ८० पिस लेडिज सादा सुट र ४५ पिस लेडिज कराइवाला सुट रहेको कोहलपुर प्रहरीले जनाएको छ ।

सुटको अन्दाजी मूल्य एक लाख ३९ हजार पाँच सय रहेको छ । आवश्यक कारबाहीका लागि बरामद गरिएका सुटहरुलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार