नेपालगन्ज ।
मंगलबार सेयर बजार बढेको छ। आज सेयर बजारको परिसूचक ५३.३० अंकले बढेर २,७५४.२८ पुगेको हो।
अघिल्लो दिनको तुलनामा सेयर बजार बढेपनि आज कारोबार रकम भने घटेको छ। दिनभरमा जम्मा २२४ कम्पनीको ७३ लाख ४३ हजार २२८ सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ ४८ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १७९ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ।
उपसमूहमध्ये हाइड्रोपावरको ४.३२ प्रतिशतले कारोबार बढेको छ। त्यस्तै, अन्यको ३.३८ प्रतिशत, फाइन्यान्सको २.८५ प्रतिशत, माइक्रोफाइन्यान्सको २.८२ प्रतिशत, विकास बैंकको २.७१ प्रतिशत र इनभेस्टमेन्टको २.४९ प्रतिशतले सेयर कारोबार बढेको छ। यसबाहेक अन्य उपसमूहरहरूको सूचक २ प्रतिशतभन्दा कमले मात्रै बढेको हो।
मंगलबार न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, तेर्ह्रथुम पावर कम्पनीको सेयर ८.७० प्रतिशतले बढेको छ।नेसनल हाइड्रोपावर कम्पनीको सेयर ४.२८ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने जम्मा ३ प्रतिशतभन्दा कमले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँ ५० पैसाको कारोबार भएको हो।
यसपछि, नेसनल हाइड्रोपावर कम्पनीको १८ करोड ५३ लाख ९१ हजार ८४६ रुपैयाँ ३० पैसा, एनटिसीको १८ करोड २१ लाख ६४ हजार ९३७ रुपैयाँ ७० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १३ करोड ५३ लाख ३९ हजार ६३७ रुपैयाँ ८० पैसा र जीवन विकास लघुवित्त वित्तीय संस्थाको १३ करोड २८ लाख ७५ हजार ६३१ रुपैयाँ ५०० पैसाको कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्