सेयर बजार ०.०८ अंकले बढ्यो, कारोबार ३ अर्ब ६८ करोडमा सीमित



काठमाडौं ।

अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ ।

सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब ६८ कराेड ४० लाखमा सीमित रह्याे । आइतबार ५ अर्ब बढीको सेयर काराेबार भएको थियाे ।

काराेबारमा आएका १३ उपसमूह मध्ये ५ उपसमूह राताम्य हुँदा ७ उपसमूहमा हरियाली छायाे भने लगानी उपसमूह स्थिर रह्यो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार