बाँसगढीमा दुलही छोडेर फर्किदै गरेको ट्रयाक्टर दुर्घटना एकको मृत्यु



कोहलपुर ।

बर्दियाको बाँसगढीमा दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाँउमा दुलही फर्काउन आएको भे २ त १३१६ नम्बरको ट्रयाक्टर शनिबार दिउँसो १२ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते ठाकुरबाबा ७ का १५ बर्षीय सुमन थारुको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा ज्यान गएको थियो ।

दुर्घटनामा घाइते १६ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुर उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार