जानकी गाउँपालिकामा १५ शैड्ढयाको अस्पताल बन्ने भएको छ । अस्पतालको भवन एक कार्यक्रमका बीच शुक्रबार लुम्बिनी प्रदेशसभा सदस्य बाबुराम गौतम र गाउँपालिकाका कार्यबहाक अध्यक्ष भूमिसरा धितालले शिलान्यास गरेका छन् ।
हाल गाउँपालिकाको कार्यालय रहेको वडा नम्बर–४ मा पालिकास्तरीय अस्पताल निर्माण हुन लागेको हो । अस्पताल भवनको शिलान्यास गर्दै प्रदेशसभा सदस्य गौतमले हरेक नागरिकलाई सुलभ तथा निःशुल्क स्वास्थ्य सेवा दिनु तीनै तहका सरकारको कर्तव्य रहेको बताए ।
‘हरेक नागरिकले सुलभ तथा निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्छ,’ उनले भने, ‘जानकीमा अस्पताल निर्माण भएपछि यहाँका नागरिकले गुणस्तरीय सेवा पाउँछन् ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले दुई वर्षमा सम्पन्न गर्ने गरी हिम सगरमाथा र अनक निर्माण सेवालाई ११ करोड ४४ लाख एक हजार एक सय ३२ रुपैयाँमा निर्माणको जिम्मा पाएको जानकारी दिए ।
कार्यबहाक अध्यक्ष धितालले अधिकांश मधेसी र मुस्लिम समुदायको बसोबास रहेको पालिकामा उनीहरुलाई नै पायक पर्ने स्थानमा नै अस्पताल निर्माण थालिएको बताइन् । अस्पताल भवन निर्माणको लागि काम गर्ने सहज वातावरण बनाइने उनले दाबी गरिन् ।










प्रतिक्रिया दिनुहोस्