बाँकेको कोहलपुर चौराहामा शुक्रबार बिहान तीव्र गतीको हाईस ठोक्किएको छ ।
नेपालगन्जबाट कालिकोटतर्फ गइरहेको लु २ ख ७४०७ नम्बरको हाईस अनियन्त्रित भएर चौराहामा लगाइएको बार (रेलिङ) मा ठोक्किएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ५ जना यात्रुहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि पठाइएको छ । टायर पट्केर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्