खुमलटारमा प्रचण्ड–कोइराला भेटवार्ता सुरु



काठमाडौं ।

सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न अहिले प्रचण्ड निवास (खुमलटार) पुगेका छन्।

नेता कोइराला केही बेरअघि प्रचण्ड निवास पुगेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

‘उहाँहरूबीच भेटवार्ता सुरु भएको छ’, थपलियाले  भने। उनका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल हुनेछ।

एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।

यसअघि गत मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास (बालकोट) मा भेटवार्ता गरेका थिए।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २७ गते बिहीबार