खजुरामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु



कोहलपुर ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– ५ उढारापुर नजिकै सोमबार राति मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

ट्राफिक पोस्ट खजुराका ट्राफिक प्रहरी जवान चन्द्र घर्तीले दिएको जानकारीअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते साईकल यात्रीको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

भे १२ प १२८९ नम्बरको मोटरसाईकलले उढारापुर चोकभन्दा केही भित्र खजुरा गाउँपालिका ७ का ४० वर्षीय रंङगी कोरीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक २३ वर्षीय अब्दुल रहमान जोहाल फरार रहेकोले खोजी कार्य भइरहेको खजुरा प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २५ गते मंगलबार