कोहलपुर प्रहरीको फन्दामा एकैरातमा तीन पसलमा चोरी गर्ने दुई बालक



कोहलपुर ।

कोहलपुरको मुख्य बजारमा रहेका तीनवटा पसलमा बिहीबार राति चोरी दुई बालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

न्यूरोड चोकमा रहेको कोहलपुर हाम्रो खाजाघर, न्यूरोडकै नांगलो रेष्टुरेन्ट एण्ड बार र पीपल चौतारामा रहेको लक्ष्मी नारायण स्टोर्स एण्ड महालक्ष्मी सेलमा चोरी गर्ने उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चोरीको खबर पाउनेबित्तिकै अनुसन्धनमा जुटेको प्रहरीले आइतबार बिहान सवा एघार बजेतिर कोहलपुरकै विद्युत रोडलाई उनीहरुलाई पक्राउ गरेको थियो ।

कोहलपुरकाअनुसार पक्राउ परेका दुबै बालकहरुले चोरीमा आफ्नो संग्लनता बताइसकेका छन् । कोहलपुर हाम्रो खाजाघरको काउण्टर फोडेर २७ हजार नगद लगेको सञ्चालक आकाश कार्कीले बताए ।

‘रातको समयमा मूल ढोकाभन्दा पछाडिबाट चोर पसेर नगदसहित ४० हजार बढीको पेय पदार्थसमेत लिएको छ,’ शुक्रबार उनले भनेका थिए, ‘बाँकी रहेको दालभात र अण्डासमेत खाएका छन् । केही बोतल रक्सीसमेत बसेर खाएका छन् ।’

बिहीबार राति चोरले काउण्टर फुटाएर नगद २७ हजार र ५० हजार बराबरको पेय पदार्थसमेत चोरी गरेको सञ्चालक आकाश कार्कीले जानकारी दिए । राति १० बजेतिर नांगलो रेष्टुरेन्टबाट रक्सीका बोत्तल र केही नगद चोरी भएको सञ्चालकले जनाएका छन् ।

रेष्टुरेन्टको सीसीटिभी क्यामेरामा दुईजना बालकहरु छिरेको देखिएको थियो । पीपल चौतारामा रहेको लक्ष्मी नारायण स्टोर्स एण्ड महालक्ष्मी सेलमा समेत बिहीबार राति नै चोरी भएको थियो । त्यहाँबाट १५ हजार बढी रकम चोरी भएको बताइएको छ । पक्राउ परेका दुबै बालिकलाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार