20 June 2024  |   बिहिबार, असार ७, २०८१

असिना पानीले हिउँदेबालीमा क्षतीः क्षतीपूर्ती दिन एमाले कोहलपुरको माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८  

कोहलपुर ।

असिना पानीले किसानहरुले लगाएको हिउँदेबालीमा पु¥याएको क्षतीप्रति नेकपा एमाले कोहलपुर नगर कमिटीले गम्भीर भएको बताएको छ ।

शुक्रबार एक विप्ज्ञती जारी गरेर हिउँदेबाली फलफूल तथा तरकारी खेती पूर्ण रुपमा नष्ट भएकोप्रति आफुहरु गम्भीर भएको उल्लेख गरेको हो । ‘विगतमा भएको बेमौसमी वर्षातका कारणले धानबालीमा भएको क्षतीको आलोघाउ निको हुन नपाउँदै पुनः किसानहरुले हिउँदे बालीमा ठूलो क्षती व्यहोर्नु परेको छ ।

बेमौसमी वर्षा र हिउँदे वर्षातका कारण खेती किसानी गरी खाने किसानको अवस्था दिनानुदिन कष्टकर भई रहेको छ । किसानको वर्तमान यो जटिल परिस्थिती प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकार्षण भएको छ’ जारी विप्ज्ञतीमा भनिएको छ ।

एमाले कोहलपुरले किसानहरुलाई उचित क्षतीपूर्ती दिनुपर्ने माग राख्दै शुक्रबार कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८     2:52:17 PM  |