सोमबार मदिरा पिएका चालकको टिप्परले किच्दा ज्यान गुमाएका आफन्त तथा स्थानीयहरुले गुलरिया नेपालगन्ज सडक खण्डको भोलागौडीमा आज बुधबार समेत चक्काजाम गरेका छन् ।
बढैयाताल–३ सतपतियाका दुई जनाको सोमबार राती घरकै आँगनमा आगो तापिरहेको बेला टिप्परले ज्यान लिएको थियो ।
आफन्त र परिवारले क्षतिपुर्तिको र चालकलाई कारवाहीको माग गर्दै सडक अवरुद्ध गर्दै आएका हुन् । उनीहरुले मंगलबार दिनभर समेत सडकमा चक्काजाम गरेका थिए ।
टिप्परले ठक्कर दिंदा ४० वर्षीय सोमबहादुर विकको घटनास्थलमा र ४७ वर्षीय रामु चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । मदिराले लठिएका टिपर चालकले होस गुमाउँदा घरको आँगनमा बसेर आगो तापिरहेका बेला दुई टिपरले ठक्कर दिएको थियो । आगो तापिरहेका रामुको श्रीमती चमलिया थारु र अर्का एक महिला गम्भीर घाइते भएका छन् ।
दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको थियो ।
चालक सुर्खेत वीरेन्द्रनगरका दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्