20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

एनटिसीमा यसरी चलाउनुहोस् २० रूपैयाँमा अनलिमिटेड इन्टरनेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १९, २०७८  

काठमाडौं ।

यतिबेला सरकारले सबै शैक्षिक संस्थाहरूलाई अनलाइन माध्यमबाट पठन-पाठन अघि बढाउन निर्देशन दिएको छ। यस्तोमा घरमा उपकरण र इन्टरनेट नभई हुँदैन। विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट घरमा वाइफाई जडान गरेका प्रयोगकर्ताहरू समेत कहिलेकाहीँ मोबाइल डेटामा निर्भर हुनुपर्ने हुन्छ।

मोबाइल डेटा अन गर्ने बित्तिकै स्वाट्‍टै ब्यालेन्स (पैसा) काटिन्छ। सानो समाचार पढ्न होस् या एउटा मेसेज पठाउन भनेर डेटा अन गर्दा एकैचोटी धेरै पैसा काटिन्छ भने मोबाइल डेटाकै भरमा अनलाइन कक्षा लिनुपरे सम्झिनुस् कति पैसा काट्ला?

नेपाल टेलिकमले आफ्नो प्रिपेड ग्राहकहरूलाई थुप्रै सुविधाहरू प्रदान गर्दै आएको छ। ती सुविधाहरूमध्ये डेटा प्याकेज पनि एक हो। डेटा प्याक लिदाँ कम पैसामा लामो समयसम्म इन्टरनेट चलाउन सकिन्छ। कम्पनीले उपभोक्ताहरूलाई ‘डे’, ‘नाइट’, ‘अनलिमिटेड’, ‘अलटाइम’ लगायत डेटा प्याकका रूपमा विभिन्न छुट र स्किमहरू दिदैँछ।

एनटिसीमा डेटा प्याक लिन प्रिपेड ग्राहकहरूले आफ्नो कल लगमा गएर *१४१५# डायल गर्नुपर्ने हुन्छ। र, त्यहाँ तपाईंले विभिन्न विकल्प देख्नुहुन्छ। त्यसमध्ये आफूलाई उपयुक्त लाग्ने डेटा प्याक लिनको लागि तोकिएको अंक पठाउनुपर्छ। त्यसको केही समयमै तपाईंले मोबाइल डेटा पाउनुहुन्छ।

प्रयोगकर्ताले जम्मा २० रुपैयाँमा एक घण्टाको लागि र ३० रुपैयाँमा २ घण्टाको लागि अनलिमिटेड इन्टरनेट चलाउन सक्छन्। अर्थात्, डेटा प्याक लिएको समयदेखि एक अथवा दुई घण्टाभर जति नै इन्टरनेट एप्लिकेसन चलाउन सकिन्छ।

त्यस्तै, प्रयोगकर्ताले जम्मा ४५ रुपैयाँमा १ जिबी डेटा र ५५ रुपैयाँमा २ जिबी डेटा लिन सक्छन्। यो प्याक लिएको समयबाट २४ घण्टाको लागि मान्यता हुन्छ।

यीबाहेक एनटिसीले अन्य विभिन्न डेटा प्याकहरू पनि उपलब्ध गराउँदैछ।

प्रकाशित मितिः बुधबार, माघ १९, २०७८     7:02:52 AM  |