नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा राष्ट्रिय युवा संघ नेपाल बाँकेले मसाल जुलुस प्रदर्शन गरेको छ ।
केन्द्रीय कार्यक्रमअनुसार नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेले मंगलबार मसाल जुलुस निकाएको हो । स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै मसाल जुलुस निकालिएको थियो ।
एमाले बाँकेको कार्यालयबाट सुरु भएको मसाल जुलुस प्रदर्शन विपी चोकमा पुगेर समापन भएको युवा संघ बाँकेका संयोजक ज्ञानु वलीले जानकारी दिए । जुलुसलाई विपी चोक नजिकैं पुगेपछि प्रहरीले मसाल खोसेको थियो ।
प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्