नेपालगन्ज गुलरिया सडक खण्डमा चक्काजाम, सडकमै स्थानीयले ढाले रुख



नेपालगन्ज ।

अत्याधिक मदिरा प्रयोग गरी टिपर चालउँदा टिपर सडकबाट हुत्तिदै ठक्कर दिंदा बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएपछि क्षतिपुर्तिको माग गर्दै आफन्त र शुभचिन्तकले नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग बन्द गरेका छन् ।

उनीहरुले बर्दियाको भोली गौडी र पुष्पनगरमा सडक अवरुद्ध गरेका छन् ।

भोला गौडी बजारमा रुख नै ढालेर सडक अवरुद्ध पारिएको थियो । लाठी बोकेका प्रदर्शनकारीहरुले मोटर साईकल समेत चल्न दिएका छैनन् । टिप्परले ठक्कर दिंदा ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरी रहेका छन् ।

उनीहरु आगो तापिरहेका बेला टिपरले ठक्कर दिएको हो । आगो तापिरहेका सोही ठाउँका ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु गम्भीर घाइते भएका छन् ।

दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

सुर्खेतको वीरेन्द्रनगरका चालक दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार