13 June 2024  |   शुक्रबार, असार १, २०८१

लमहीमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८  

शिवु खनाल । दाङ ।

लमहीमा सुरक्षित वैदेशिक रोजगारको लागि आप्रवासी स्रोत उप–केन्द्र स्थापना गरिएको छ । ईलाका प्रशासन कार्यालय लमहीमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत उप–केन्द्रको उद्घाटन गरिएको हो ।

वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसंगतिको न्यूनीकरणका लागि थप व्यवस्थित, सुरक्षित र शोषणमुक्त बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी स्रोत उप–केन्द्रको स्थापना गरिएको लमही नगरपालिका नगर प्रमुख कूलबहादुर केसीले बताए ।

लमही नगरपालिका उपप्रमुख देवका बेल्वासेले विदेश जाने तयारीमा रहेकालाई सही सूचना दिन, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेमा उनीहरुको समस्या समाधानका लागि पहल गर्न र फर्किएकालाई विभिन्न सीपमूलक तालिममा जोड्न केन्द्रले सहयोग गर्ने बताइन् ।

कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले वैदेशिक रोजगारमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत उप–केन्द्र महŒवपूर्ण हुने बताए । वैदेशिक रोजगारमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।

ईलाका प्रशासन कार्यालय लमहीमा कार्यालय रहने गरी स्थापना भएको आप्रवासी स्रोत उप–केन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवा-युवतीलाई रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, निःशुल्क तालिमका लागि सिफारिस र अप्ठ्यारोमा परेकालाई कानुनी सहायताका लागि सहजीकरणलगायतका काम गर्ने सामी परियोजना दाङका संयोजक वसन्ता पुनले बताइन् ।

‘वैदेशिक रोजगारीलाई सुरक्षित र म¥र्यादित बनाउन सञ्चालन गरिएको सामी परियोजनाअन्तर्गत राहदानी बनाउन ईलाका प्रशासन कार्यालय लमहीमा आएकालाई सुरक्षित रोजागार परामर्श कार्यक्रम, कानुनी सेवा उपलब्ध गराउँछौं,’ उनले भनिन्, ‘रोजगारीबाट फर्किएकालाई सामाजिक पुनस्र्थापनालगायतका कार्यक्रम सञ्चालन गर्नेछौँ ।’ उप–केन्द्रले कार्यक्रम लागू भएका पालिकाका वैदेशिक रोजगारमा जाने कामदार र उनीहरुको घर परिवारलाई सही सूचना प्रवाह गर्ने छन् ।

दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामार्फत यसअघि नै आप्रवासी स्रोत केन्द्र स्थापना भइ सेवा प्रवाह गरिसकेको छन् । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जानेको संख्या देउखुरी क्षेत्रमा पनि धेरै छ । वैदेशिक रोजगारीका लागि गएकामा आइपरेका समस्या आप्रवासी स्रोत केन्द्र लमहीबाट पनि सेवा प्रदान गरिने भएको छ ।

लमहीमा स्थापना भएको स्रोत केन्द्रमा मनोपरामर्शको लागि एकजना दक्ष कर्मचारी छन् । आप्रवासी स्रोत केन्द्रमा विशेष गरी वैदेशिक रोगाजारीमा गएकामा एउटा काम भनेर अर्कोमा लगाउने, ठगी, मृत्युपश्चात क्षतिपूर्ति दाबी, विदेशबाट लास ल्याउन समस्या, उद्दार जस्ता विषयका गुनासो आउने गरेको छ । जस्तो प्रकृतिको समस्याहरु आउँछन् सोही विषयसँग सम्बन्धित कार्यालयमा गुनासो पु¥याएर सहजीकरण गर्ने कार्य स्रोत केन्द्रबाट हुनेछन् ।

 

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८     11:10:21 AM  |