बाँकेमा होल्डिङ सेन्टरः तत्काल तीन सय बेट सञ्चालन हुने



नेपालगन्ज ।

बाँकेमा निर्माण भइरहेको होल्डिङ सेन्टरको आइतबार अनुगमन तथा निरीक्षण गरिएको छ ।

नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी निरञ्जनकुमार श्रेष्ठसहित १४ जनाको टोलीले होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१४, भवानियापुरमा होल्डिङ सेन्टर साउनदेखि निर्माण कार्य सुरु गरिएको थियो ।

एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर अधिकारीले जनाए । उनका अनुसार होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण गर्दै नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी श्रेष्ठले तत्काल तीन सय क्षमतासम्मको होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्देशन दिएका छन् ।

‘कोरोना भाइरसको जोखिम बढ्दै गएकाले पूरै नभए पनि तीन सय क्षमतालाई सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘१०/१५ दिनभित्र उक्त प्रयोगमा ल्याउनू ।’

होल्डिङ सेन्टरमा बेटमा मात्रै भएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी (कर्णेल) जनमत कार्कीले बताए । ‘होल्डिङ सेन्टरमा बेट मात्र छन्,’ उनले भने, ‘औषधि उपचारका लागि आवश्यक मेडिकल सामग्री, भान्सा कोठा र शौचालयको आवश्यकता छ ।’

अहिले कोरोना भाइरस संक्रमितलाई बाल मन्दिरमा राख्ने गरिएको छ । बाँकेमा पछिल्लो समय दैनिकरुपमा कोरोना संक्रमित बढ्दै गएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार