19 June 2024  |   बिहिबार, असार ७, २०८१

कोहलपुरमा घर छेउकै खाल्डोमा डुबेर एक वर्षीय नाबालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १७, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा खाल्डोमा डुबेर एक नाबालकको मृत्यु भएको छ । कोहलपुर– ६ रझेनाका दिनेश थारुका एक वर्षीय नाबालक छोरा निशान्तको शनिबार पानी भरिएको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको थियो । खेल्ने क्रममा नाबालक आफ्नै घरको धाराबाट बगेर खाल्डोमा जमेको पानीमा डुबेका थिए ।

परिवारका सदस्यहरुले तत्कालै उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजादैं गर्दा बाटोमा नै मृत्यु भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, माघ १७, २०७८     12:26:02 PM  |