19 June 2024  |   बुधबार, असार ६, २०८१

बाँकेको खजुराबाट काठमाडौं जाँदै गरेको रात्रि बस दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८  

नेपालगन्ज ।

बाँकेस्थित खजुराबाट काठमाडौं जाँदै गरेको रात्रि बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्रदेश०३–०१–००६ख १५५३ नम्बरको गाडी अनियन्त्रित भइ खजुरा गाउँपालिका–२, गुम्बा चोकमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा खजुरा–२ का ५५ वर्षीय रामकिसन यादव, ३८ वर्षीय धनबहादुर खत्री, ४९ वर्षीय लोकबहादुर पुन मगर, २८ वर्षीय विशाल गुरुङ, ३५ वर्षीय अर्जुन परिवार, ३० वर्षीय खिमबहादुर सुनार, ५० वर्षीय जीवन परिवार, बर्दिया वढैयाताल–३ का ३० वर्षीय कृष्ण परियार, ३८ वर्षीय राजु परियार र बाँसगढी–५ का ४० वर्षीय भरत सुनार घाइते भएका प्रहरीले जनाएको छ ।

 

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     9:20:20 AM  |