14 June 2024  |   शुक्रबार, असार १, २०८१

युवा संघ बाँकेको इन्चार्जमा खेमराज र संयोजकमा ज्ञानेन्द्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ९, २०७८  

कोहलपुर ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाँकेको इन्चार्जमा खेमराज शर्मा र जिल्ला संयोजकमा ज्ञानेन्द्र ओली चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालले गरेको सर्कुलरअनुसार बाँकेको इन्चार्जमा शर्मा र जिल्ला संयोजकमा ओली रहेका छन् ।

युवासंघको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस २८ देखि ३० गतेसम्म आयोजना भएको थियो ।

उक्त बैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले संगठनभित्र शनिबार साँझ विशेष सर्कुलर जारी गरेका थिए ।

जिल्ला अधिवेशन आयोजक कमिटीको संयोजक तोकिएको हो । जसमा बाँकेको लागि ओलीलाई तोकिएको हो । बाँकेका इन्चार्ज तोकिएका शर्मा र संयोजक तोकिएका ओली यसअघि समेत युवा संघमै आवद्ध रहेका थिए ।

प्रकाशित मितिः आइतवार, माघ ९, २०७८     9:35:40 AM  |