13 June 2024  |   शुक्रबार, असार १, २०८१

कोहलपुरमा बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ९, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । शनिबार राति पूर्व पश्चिम राजमार्ग अन्तरर्गत दशविगाह नजिकै बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पश्चिम गइरहेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको भे १ च २८१५ नम्बरको बोलेरो जीपले ठक्कर दिएको कोहलपुर प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक बढैयाताल गाउँपालिका– ३ बर्दिया घर भएका राजनकुमार थारुको मृत्यु भएको हो । दुर्घटना लगत्तै उनीलाई उपचारका लागि नजिकै रहेको मेडिकल कलेज कोहलपुरमा पु¥याइएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मृतक थारु सैन्य तालिम केन्द्र सैनामैना रुपन्देहीमा कार्यरत रहेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । दुर्घटना लगत्तै ठक्कर दिने जीप र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मितिः आइतवार, माघ ९, २०७८     9:05:52 AM  |