बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १८ कारकाँदोस्थित भुजइँ गाउँमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
त्यहाँ रहेको केयर सिटी अस्पताल एण्ड रिर्सच सेन्टर र लायन्स क्लब अफ नेपालगन्ज सनराइजको आयोजनामा अस्पतालमा परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै रगतको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम गरिएको अस्पतालका एमडी सन्तोष शाहले बताए । उनका अनुसार कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए ।
‘रक्तदान नै जीवन दान हो’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको रक्तदानमा युवाहरुको सहभागिता बढी रहेको थियो । अस्पतालले उपचार सेवासँगै सामाजिक सेवालाई पनि अगाडि बढाउँदै लैजाने अस्पतालका निर्देशक डा. विष्णुबहादुर थापाले प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति : २०७८ माघ ८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्