कोहलपुर जेसीजको पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न



कोहलपुर ।

कोहलपुर जेसीजको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख अतिथ्यतामा बुधबार पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

कोहलपुर जेसिज वर्ष २०२२ का लागि निर्वाचित ईश्वर शर्माको अध्यक्ष लगाएतको टिमले सपथ तथा पदभार ग्रहण गरेका हुन् । वर्ष २०२१ का अध्यक्ष रामप्रसाद पाण्डेयले वर्ष २०२२ का अध्यक्ष ईश्वर शर्मालाई पद हस्तान्तरण गरेका थिए । जेसीजका राष्ट्रिय लालमणी भण्डारीले यो वर्ष आफ्नो प्रकरण ‘याक्ट फर इम्प्याक्ट’मा रहेर परिणाममुखी काम गर्ने बताए ।

विभिन्न संस्था तथा नेपाल सरकारका निकायसँग सहकार्य गरेर काम गर्नुपर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता पूर्ण प्रसाद आचार्यले जेसीजका युवाहरुबाट राजनीतिक दलहरूले धेरै कुराहरु सिकेको दाबी गरेका थिए । जेसीजका गतिविधिहरु जेसीजभित्र मात्रै नभएर आम युवाहरुलाई सरिक बनाउनुपर्ने खालका हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अनिलबहदुर शाही, नेपाल जेसीजको कोहलपुर जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सन्जिव अग्रहरी, उपाध्यक्ष जीवन कार्की, योगिराज अधिकारी र विभिन्न शाखाका अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहीबार