19 June 2024  |   बिहिबार, असार ७, २०८१

बुटवलमा आगो तापेर बसेको ढिस्को भत्किदा दुई जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ६, २०७८  

बुटवल ।

रुपन्देहीमा आगो तापेर बसेको ढिस्को भत्किदा दुई जनाको मृत्यु भएको छ।

तीन जना घाइते भएका छन्।

तिनाउ नदी किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्कोमा आगो ताप्ने मध्ये बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए।

पन्थीका अनुसार ढिस्कोसँगै खसेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते छन्। उनीहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बुधबार साँझ पौने ७ बजेतिर भएको घटनापछि स्थानीय र प्रहरीले उनीहरूको उद्धार गरेर अस्पताल पुर्‍याएका थिए। घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।

प्रकाशित मितिः बिहिबार, माघ ६, २०७८     11:29:49 AM  |