आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ ।
शिमुलाई दुई टुक्रा बनाएपछि उनको शव बोरामा बन्द गरेर फ्याँकिएको थियो । प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो ।
३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना पाइएको छ । यो घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ
सुटिङका लागि निस्किएकी थिइन् फर्केर आइनन्ः
रायमा बंगलादेशको राजधानी ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्नो पति र दुई सन्तानसहित बस्दै आएकी थिइन् ।
शिमु आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी थिइन् । यसपछि उनीसँग जतिपटक सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन । उनका सन्तानले भने आमा सुटिङमा व्यस्त भएको सोचे ।
पछि रायमाको शरीर दुई टुक्रामा हजरतपुर पुलसँग सडक किनारामा बरामद भयो । प्रहरीले शवको पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।
मृत शरीर फेला परेपछि शिमुका भाइ शाहिदुल इश्लाम खोकानले उनको पतीविरुद्ध मुद्दा दर्ता गराएका थिए ।
ढाका जिल्ला प्रहरी अधिकृत मारुफ हुसेन सरदारले भनेका छन्, ‘पती र उनका साथी फरहादसहित ६ जनालाई शिमुको हत्या गरेको आरोपमा हिरासतमा लिइएको छ । पछाडिको सीटमा रगत लतपतिएको एउटा कार पनि जफत गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस्