बर्दियामा किशोरीलाई बलात्कार गरेको आरोपमा शाही पक्राउ



बर्दिया ।

जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एकजना पक्राउ परेका छन् ।

एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटस्थित शिवालय–७ का ३० वर्षीय जनक शाही पक्राउ परेका हुन् ।

उनले गुलरिया–६ की १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । शाही गुलरिया नगरपालिका–६ स्थित खाजा घरमा काम गर्दै आएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमबार