खजुरा गाउँपालिकाको १०औँ गाउँसभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ ।
सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रमबमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा विधायन समितिकी संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७८, कृषि तथा पशुपंछी विधेयक २०७८, सुशासन (व्यवस्थापन तथा सञ्चालन ) विधेयक २०७८, समुदायका सबै बालबालिकाहरुका लागि समावेशी विद्यालय शिक्षा नीति २०७८ छलफलसहित पारित भएको छ । सभामा वडा तथा पालिकास्तरका केही योजना संशोधन गरिएको छ ।
उपाध्यक्ष एकमाया विकले १०औँ गाउँसभामा सभा सदस्यहरुलाई स्वागत गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्