बाँके एमालेको सपथ ग्रहण



नेपालगन्ज ।

नेकपा एमालेको ८औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले बिहीबार सपथ लिएका छन् ।

एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य मोहम्मद हारुन, शान्ति ढकाल, दीपा शर्मा र पशुपतिदयाल मिश्राको उपस्थितिमा निर्वाचन समितिका संयोजक तेजकुमार धितालले निर्विरोध निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

सुरुमा नवनिर्वाचित अध्यक्ष किस्मतकुमार कक्षपतिलाई प्रमुख निर्वाचन आयुक्त धितालले सपथ खुवाए ।

त्यसपश्चात् अध्यक्ष कक्षपतिले उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री, उपसचिव भूमिसरा धिताल र दिपक बर्मालगायतका जिल्ला कमिटीका सदस्यहरुलाई संयुक्तरुपमा सपथ खुवाए ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष कक्षपतिले निवर्तमान जिल्ला अध्यक्ष एवम् हालै प्रदेश कमिटीको सचिवालयमा मनोनित निरक गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार