चिसो र शीतलहरका बेला अहिले बालबालिका, ज्येष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन् । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामग्री वितरण सुरु गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल (ब्लान्केट) र च्यवनप्राश वितरण गर्न सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरुलाई कम्बल हस्तारण गरे ।
त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो कम्बलले मद्दत पु¥याउने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी विशेष कार्यक्रमको प्याकेज लागू गरेको भन्दै अब डुडुवाका कुनै पनि ज्येष्ठ नागरिकलाई स्वास्थ्यलगायतका सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नआउने बताए ।
गाउँपालिकाले अहिले ज्येष्ठ नागरिकका लागि छुट्टै १५ सैड्ढयाको अस्पताल सञ्चालनको तयारी गरेकाले स्वास्थ्यसम्बन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताए ।
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक, ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक दलित र एकल महिला गरी दुई हजार सात सय २८ जनालाई कम्बल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।
मंगलबार एक सय ५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरी घरबाटै ल्याउने लैजानेसमेत व्यवस्था गरेको छ ।










प्रतिक्रिया दिनुहोस्