20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

१ लाख ८२ हजार नगदसहित बाँसगढीबाट १० जुवाडे पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २८, २०७८  

बाँसगढी ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले बाँसगढी क्षेत्रमा १० जना जुवाडेलाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका वडा नम्बर ७ स्थित दुलीचन थारुको घरको कोठामा हारजित हुनेगरि समूहमा जुवा खेलिरहेका १० जुवाडेलाई नगदसहित पक्राउ गरिएको हो ।

बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित दुलीचन थारुको घरको कोठामा जुवा खेलीरहेको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार एक लाख ८२ हजार चार सय ५० रुपैयाँसहित १० जना पक्राउ परेका छन् ।

कार्यालयका सूचना अधिकारीसमेत रहेका शाहीले ३४ वर्षीय घरमुली दुलीचन थारु, ३९ वर्षीय रामचन्द्र भनिने आइतवारी थारु, वडा नम्बर ९ का ४० वर्षीय श्यामप्रसाद थारु, ३५ वर्षीय रामकुमार थारु र ५० वर्षीय भागीराम कुमाललाई पक्राउ गरिएको जानकारी दिए ।

अन्य पक्राउ पर्नेहरुमा ३५ वर्षीय सिताराम थारु, ४३ वर्षीय उपेन्द्र खड्का, ४० वर्षीय मोहम्मद अली, वडा नम्बर ३ का २६ वर्षीय मनोजकुमार थारु र वडा नम्बर ५ बस्ने ४३ वर्षीय रविन्द्र सापकोटा रहेका छन् ।

प्रकाशित मितिः बुधबार, पुस २८, २०७८     10:13:46 AM  |