16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

एमालेको बर्दियाको अध्यक्षमा लालबहादुर श्रेष्ठ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २५, २०७८  

बर्दिया।

नेकपा एमालेको बर्दिया जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । जिल्ला अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित श्रेष्ठ जिल्लाको बढैयाताल गाउँपालिका अध्यक्ष पनि हुन् ।

यस्तै उपाध्यक्षमा शालिकराम अधिकारी सर्वसम्मत चयन भएका छन् । ११६ सदस्यीय कमिटीको सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन् ।

प्रकाशित मितिः आइतवार, पुस २५, २०७८     12:59:37 PM  |