पीपलबोटको कारोबार साढे २३ करोड बढी



मधुर पौडेल । बाँसगढी ।

बर्दियाको बाँसगढीमा रहेको बाँसगढी पीपलबोट सहकारी संस्थाले २३ करोड ४९ लाख रुपैयाँ बढीको आर्थिक कारोबार गरेको छ ।

शनिबार भएको संस्थाको १३औँ वार्षिक साधारणसभामा अध्यक्ष नवराज अधिकारीले २३ करोड ४९ लाख ६१ हजार सात सय ३७ रुपैयाँको कारोबार भएको जानकारी दिए ।

उनका अनुसार संस्थाले हालसम्म एक करोड ३१ लाख ४२ हजार सात सय २४ रुपैयाँ मुनाफा गरेको थियो । त्यसमध्ये ८७ लाख ३८ हजार दुई सय ४० रुपैयाँ खर्च भएको र खुद मुनाफा ४४ लाख चार हजार चार सय ८४ रुपैयाँ रहेको अध्यक्ष अधिकारीले बताए ।

साधारणसभाको उद्घाटन गर्दै बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले सहकारी संस्था जुन उद्देश्यले खोलिएको थियो त्यो उद्देश्य पूरा हुँदै गएकोमा खुसी व्यक्त गरेका थिए ।

जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाले सहकारी संस्थाको लक्ष्य, उद्देश्यको बारेमा जानकारी गराएका थिए । साधारणसभाको अवसरमा संस्थाले राम्रो व्यवसाय गर्ने, बढी सेयर लिने, बढी बचत गर्ने, नियमित बचत गर्ने सेयर सदस्यलगायतलाई सम्मान समेत गरिएको थियो ।

अध्यक्षमा अधिकारी

बाँसगढी पीपलबोट सहकारी संस्थाको अध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् । शनिबार भएको वार्षिक साधारणसभाबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा धनबहादुर बुढा, कोषाध्यक्षमा बद्रीनाथ बराल सर्वसम्मत चयन भएका थिए ।

यस्तैगरी सदस्यहरुमा विजयाकुमारी शर्मा, सरस्वती तिमिल्सिना, देवीमाया बस्याल, भोजराज शर्मा, विष्णुप्रसाद ढकाल, रामफल चौधरी र तिलनाथ शर्मा लामिछाने रहेका छन् । लेखा संयोजकमा सन्तोषकुमार रेग्मी, सदस्यहरु युगपती पौडेल र भवदिन पोख्रेल चयन भएको सहकारीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १८ गते आइतबार