16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

मनाइयो ‘तमु ल्होसार’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १६, २०७८  

कोहलपुर ।

बिहीबार देशभर गुरुङ समुदायले विभिन्न कार्यक्रम गरी धुमधामका साथ ‘तमु ल्होसार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरी उनीहरुले तमु ल्होसार मनाएका हुन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङजा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन्छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महŒव रहेको बताइन्छ ।

बाँकेको नेपालगन्जमा समेत ‘तमु ल्होसार’ पर्वको अवसरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । बाँकेमा रहेको गुरुङ समुदायहरु नेपालगन्जमा रहेको बौद्ध गुम्बामा जम्मा भएर धुमधामका साथ आफ्नो पर्व मनाएका थिए ।

पर्वका अवसरमा बिहीबार सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, पुस १६, २०७८     12:04:31 PM  |