16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

गाउँले जीवनको पहिलो सहर यात्रा : ‘जुम्ला देखि सुर्खेतसम्म’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १४, २०७८  

-गणेश रावत
सहरमा बस्ने मान्छेहरु ‘गाउँ’ भन्ने सुन्दा साथ अशिक्षित र विकट ठाउँ भनेर चिन्छन् । कतिपयलाई लाग्छ, गाउँका मान्छे गरिब र अशिक्षित हुन्छन् भनेर । तर गाउँमा एक अर्काका मानिसहरु धन सम्पत्तिले गरिब भए पनि उनीहरु सहयोगी भावनाका हुन्छन् । सहरमा सबै कुराको मुल्य तोकिएको हुुन्छ । त्यसैले मेरो गाउँदेखि सहर सम्मको पहिलो यात्राको अनुभवले गाउँका मान्छे भन्दा पनि सहरका मान्छेहरु गरिब र अशिक्षित छन भन्ने लाग्छ । म सानै थिए, जेठी दिदीलाई गाउँदेखि पारी ढिपुका मान्छे घरमा माग्न आए । बुवा आमाको आसा भरोसा भनेकै जेठी दिदी हुनुहुन्थ्यो । माग्न आउँदा दिदीले पनि जान्न भन्न सक्नुभएन । आमा बुबाको केनै लाग्ने थियो । दिदीले मान्दा कसैले केही बोलेन् । बुधवारको दिन मिलाई ढिपुमा विवाह गर्नुभयो । विवाहपछि दिदी कहिले माइती घर कहिले पोहिली घर गर्नुहुन्थ्यो । छोरीको कर्म एक दिन अर्काकै घरमा जानै पर्छ ।

छोरी मान्छेले ढिलो विवाह गर्दा धेरै गुनासो खेप्नुपर्ने हुन्छ । गाउँमा त झनै यस्ता गुनासा व्यापक हुन्छन् । विवाह गरेको एक वर्ष नपुग्दै बसाइ सराइ गरेर जाने दिदी भिनाजुले निर्णय गरे । सानो छहँदा म जिद्दी र घमण्डी स्वाभावको थिए । सायद घरको जेठो र तीन बहिनीको एउटा भाई भएर होला । म सबैको प्यारो थिए । दिदीहरुले असाध्यै माया गर्नु हुन्थ्यो । जेठी दिदीले विवाह गरेर जादा म असाध्य रोए । मलाई मेरा साथीले गिज्ज्याउन थाले । सधै त्यही कुराले जिस्काउँने गर्थे । साथीहरुले मलाई विस्तारै रुन्चे भन्दै बोलाउँन थाले । गाउँमा बुढा बाउ बाजेले भन्ने गरेको ‘यो दुखारी चाँदो, जता गए उतै जाँदो’ उखानले मेरो जीवनमा मेल खायो । मलाई पहिला उखान झुटो लाग्थ्यो । तर उखानको अर्थ आफ्नै जीवनमा मेल खाँँदा मात्र थाहा पाए । त्यही वर्ष दिदी भिनाजु सुर्खेत जाने भनेर घरमा आमा बुबालाई भेट्न आउँनु भयो र दिदी रुदै जानुभयो । दुई दिन पछि दिदीले आमाको मोबाईलमा फोन गर्नुभयो ।

बुवा आमा तपाईहरुले चिन्ता नगर्नु होला हामी सुर्खेत पुगीसकिम । दिदीको कुरा सुनेर मलाई अचम्म लाग्यो । त्यति टाढा कति छिटो पुग्नुभएछ भनेर । कहाँबाट र कसरी यति छिटै जानुभयो भनेर मनमा कुरा खेलिरहे। तर मैले पनि कसलाई सोधिन । दिदीले छोडेर गएको पीडा मनमा थियो । त्यही रिसले दुई दिनसम्म खान पनि खाइन । आमाले मलाई फकाउँदै भन्नु हुन्थ्योे खान छोरा खाँ, मेरो छोरो प्यारो छ । हामी पनि भोली जाउँला भन्दै मलाई फकाउनु भयो मैले खाना खाए ।

तीन वर्ष वित्दा पनि दिदी फेरी फर्केर जुम्ला आउँनु भएन । गाउँमा आउनु भएको अरुको दिदीलाई देख्दा मलाई दिदीको साह्रै याद आउथ्यो । दशैँ , तिहार ,पूर्णिमामा दिदी सधै फोन गर्नुहुथ्यो र कति रमाईलो होला है गाउँमा भन्दै सोध्नुहुन्थ्यो । दिदीले सोधेको कुरा जवाफ दिन आमालाई कठिनाइ भइ रहेको थियोे र आमाले निरास हुँदै भन्नभयो ‘ के रमाईलो हुन्थ्यो र चाडपर्वको बेला सबैकी छोरी चेली माईती घरमा आउँछिन् उनीहरुका बुवा आमाको लागिको पो रमाईलो हुन्छ हामी त संधै छोरी आउँछेकी भन्ने आसामा मात्रै हुन्छौं हामीलाई त संधै तेरो झल्को मात्र आउँछ भन्नु भएको थियो त्यत्तिकैमा फोन कट्यो । त्यतिबेला गाउँमा टावरले राम्रोसंग काम गर्दैन थियो । गाउँमा स्काईको टावर मात्र बनेको थियो ।

दिदी सँग महिनामा एक पटक फोनमा कुरा हुन्थ्यो, त्यही पनि घरको छानोमा जानुपथ्र्यो । तर पनि दिदीसंग राम्रोसंग कुरा गर्न पाईनौं, कुरा गर्दागर्दै फोन कट्यो त्यो दिन मोवाईलको चार्जले १ घण्टा पनि काम गरेन । गाउँमा विधुत थिएन मोबाइल चार्जको कुरा त परको कुरा हो झरो र टुक्किको भरमा रात कटाउँने गथ्र्ये । विहानी हुँदा बेलुका कसरी उज्यालोमा बस्ने भन्ने चिन्ता हुन्थ्यो । धुवाँले कालो भएको घर त्यही घर भित्र झरो बाल्दै बहिनी र म पढ्ने गथ्यौं । हातमा खरी, शिरमा कालो पाटी बोकेर फाटेका कपडासंग स्कुलमा जान्थ्यौं । हामी संधै नास्ताका रुपमा गहुँको पिठोबाट बनेको हलुवा खाने गर्थियौं । विहानै घरबाट स्कुल निस्केका हामी साँझको चार बजे पछि घर फर्कन थियौं । घरमा आउँदा आमा बुवाले आफुले खाइ नखाई हामीलाई खाना राखी दिनुभएको हुन्थ्यो ।

त्यही खाना हामी खाएर बहिनी र म रमाउँदै गाउँमा घुम्न जान्थ्यौँ । बुवा आमा दिनभरी काम गरेर बेलुकी अबेर घर आउँनु हुन्थ्यो र घरको छतमा गएर हामीलाई बोलाउँनु हुन्थ्यो । हुने खाने घरपरिवारका छोराछोरीहरु शिक्षित हुन्थ्ये धेरै जसो अक्षित थिए । जसको घरमा दिनभर पसिनबाट बगाएर वेलुका सुख्खा रोटी हुन्थ्यो उनीहरु सबै अशिक्षित हुन्थ्यो । बुवा आमाले पाँच कक्षा पढेर स्कुल छोडेका थिए । उहाँहरुले पढाई वीचै छोडेपनि दुःख हामीलाई बाबु पढ्नुपर्छ पढे लेखेको मान्छेलाई सबैले आदार सम्मान गर्छन् । हलो जोतेर खाने मान्छेलाई सबैले हेप्छन् भन्दै सम्झाउनु हुन्थ्यो । म सानो भएपनि बुबा आमाको साथ र हौसलाले मलाई कहिले पनि सानो हुन दिएनन् । उहाँहरुको सपना पुरा गर्न र आफ्नो भविष्यलाई सोच्दै म दिनरात नभनी मिहिनेत गरेर पढ्थ्ये । दिदीले पनि फोन गरेर राम्रोसंग पढ्नु पढेर ढुलो मान्छे बन्नु अब जुम्ला आउँदै छु भन्नु हुन्थ्यो ।

म खुशीले गतगती भए । हाम्री दिदी मलाई सुर्खेतबाट केरा ,सुन्तला ,आप ,चाउँचाउ ल्याईदिन्छु भन्दै सबै साथीलाई सुनाए । त्यतिबेलाको समयमा गाउँमा सहरबाट कोही आउँदै छ भन्दा सान हुन्थ्यो । त्यति मात्र थाहा थियो, कि केरा ,सुन्तला ,आँप ल्याउँछन् । केही दिनपछि दिदी घरमा आउनुभयो भयो । जुम्ला बाट जाँदा र सुर्खेतबाट दिदी जुम्ला आउँदाको बोली, वचन ,रहनसहन फरक थियो । दिदीको त्यो परिवर्तन देखेर म लजाए । त्यसपछि मैले गाउँका र सहरका मान्छे हेर्दैमा फरक मान्न थले । दिदी एक महिना जुम्ला बस्नु भयो । सुर्खेत जाँदा दिदीले मलाई पनि सुर्खेत लिनुभयो । म जन्मिएको १५ वर्ष पछि गाउँ छाडेर दिदी संग सहर गए । सुर्खेत जाने भनेर जब म रारा सेरीबजार पुगे बल्ल देखे पहिलो पटक बस, गाडि, मोटरसाईकल गुडेरहेको ।

त्यो सबै देखेर मलाई अचम्म लाग्यो । जब म सहर पुगे त्यतिबेला गाउँघर, आमा, बुबा, साथीहरुको साह्रै याद आयो । त्यो दिन मलाइ खाना खाने मन लागेन् । गाडीको गन्धले टाउँको दुखेर सुतिरहे । विहानको टिकट काटेर भिनाजु जुम्ला बजारदेखि गाडी लिएर आउन भयो । फेरी हाम्रो यात्रा सुरु भयो । सुरु सुरुमा गाडि भन्दा डराउँने गथ्र्ये । जिस्तारै चड्दै जाँदा थाहा पाएँ गाडी, मोटसाईकलको इन्जिन डिजेल र पेट्रोलले चल्छ रहेछ भनेर । त्यो दिन बसको यात्र जीवनको पहिलो भयो । कच्ची , कतै धुलो त हिलो भएको रोडको यात्रा जोखिम पुर्ण थियो । पहिलो पटक भएकाले आफ्नै शरिर पनि भारी लागिरहेको थियो । दुइृ दिनपछि सुर्खेत बसपार्क पुगियो, त्यसपछि मन विस्तारै हलुको लाग्न थाल्यो । अनि जेनतेन दिदीको घरमा पुगियो, जता हेर्दापनि बिरानो ठाउँ नयाँ मान्छे दिन कटाउँनै साह्र गाह्रो हुन थाल्यो । विस्तारै घुलमिल हुदैँ गए । विहान बेलुका कक्षा ९ को ट्युसन पढ्न थाले । ट्युसनमा सबै भन्दा सानो र नराम्रो म थिए । ट्युसनमा बोल्दा सरसंग केही सोध्दा सबैले मलई गिजाउँथ्ये । जुम्ली भनेर हेप्ने गर्थे । मेरो पढाइ पनि ठिकै थियो । मान्छे पनि फराकिलो थिए ।

मलाई लाग्यो पढ्न आउँदा तसहरका मान्छे गिजाउँने रहेछन झन काम गर्न आउँदा कति हेप्छन् होला । गाउँमा ढिडो ,रोटी आटो खाने, फाटो लगाउँने त्यसैमा खुसी थिए । तर सहर आईसके पछि सबैले भात र दाल खाने गथ्र्ये । विस्तारै मलाई पनि त्यही मन पर्न थाल्यो । सहरका मान्छेहरु धनको घमण्ड गथ्र्ये । मलाई लाग्यो हाम्रो बुबा, आमाले कतिको दुःख पीडा सहनु भएकोहोला । उहाँहरु कहिल्यै पनि अरुको दुख हेर्न सक्नुहुँदैन थियो । हो सहरमा बस्नेहरु विहान वेलुका दाल, भात खान राम्रो लगाउँन सक्छन होला तर गाउँले जस्तो गुण लगाउँन सक्दैनन् । दिनपनि बित्दै गए । बैशाखको महिनामा म जुम्ला फर्के ।

सबैले मलाई कति परिर्वतन भएछ भन्न थाले । म संधै साथीहरुलाई भन्ने गथ्र्ये सहर भनेको त पैसा हुनेको लागि मात्र हो । मलाई त एक अर्काको दुःख बुझ्ने मेरो गाउँ नै प्यारो लाग्छ । सहरका मान्छे सहयोग भावनाका हुदैनन् । गाउँमा जस्तो सहरमा मागेर मिल्दैन । पिसाब फेर्नलाई पैसा तिर्नु पर्ने ठाउँमा कहाँ हामी गरिब दुखी सुहाउँछौं । हाम्रा लागि गाउँनै ठिक छ । गाउँमा धार्मिक, साँस्कृतिक, वातावरण, स्वच्छ हावापानी सबै गाउँमा राम्रो हुन्छ । हामीले यसैको महत्व बुझ्न सकियौं भने पनि हामीलाई ठुलो सफलता मिल्ने छ । समय परिवर्तनसंगै गाउँका मानिसहरुको सोच विचारमा पनि परिवर्तन हुँदै आएको छ । गाउँको भौतिक आर्थिक संरचना पनि बदलिदै आएको छ । अहिले यहाँका मानिसहरु सबैमा पढ्नु पर्छ लेख्नुपर्छ भन्ने विचार धारण जागेको छ । हाम्रो श्रोत साधानहरुको सही प्रयोग गर्न सकियौं भने हामीले सहरको मात्र भन्दा पनि गाउँमा नै सुखी र सम्पन्न जीवन विताउन सक्छौं ।

प्रकाशित मितिः बुधबार, पुस १४, २०७८     8:15:36 PM  |