वीरेन्द्रनगरको वीरेन्द्रचौकमा स्व. राजा वीरेन्द्रको शालिक राखियो



सुर्खेत ।

झण्डै १६ वर्षपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचौकमा स्व. राजा वीरेन्द्रको शालिक राखिएको छ ।

लामो समयदेखि एक पक्षले राख्नु पर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गर्न सकिएको थिएन् ।

तर स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको शालिका राखेको हो । यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन् । बलभद्रकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा शालिका राखेको हो ।

राजतन्त्र विरूद्ध भएको २०६६÷६३ सालको जनआन्दोलनका क्रममा शालिक हटाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १४ गते बुधबार