पूर्वमिस नेपाल एवम् अभिनेत्री उषा खड्गी अब कार्यक्रम प्रस्तोताका रुपमा देखिने भएकी छिन्। उनले न्युज २४ टेलीभिजनमा कार्यक्रम ‘आमा’को चौथो सिरिज चलाउने भएकी छिन्।
‘आमा’का अघिल्ला ३ सिरिज निक्कै लोकप्रिय थिए। ‘आमा’को नयाँ सिरिजमा उषाको ईन्ट्रीसँगै थप चर्चा थपिएको छ। कार्यक्रमको पहिलो सिजन सविना कुँवर, दोस्रो सिजन गौरी मल्ल र तेस्रो सिजन सरिता लामिछानेले चलाएका थिए।
यो कार्यक्रममा नितान्त आमाको कथा प्रस्तुत गरिन्छ। चर्चित सन्तानका ओझेलमा परेका आमाहरूलाई स्थान दिने यो कार्यक्रममा आमाको आर्शिवाद र प्रेरणाका कथा प्रस्तुत गरिन्छ।
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्