4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

अटो चालक जसले यात्रुको छुटेको ७ लाख रुपैयाँ फिर्ता गरे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस १२, २०७८  

दाङ ।

दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् ।

घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले आज सोमवार बैंकबाट पैसा निकालेर घर ९पनौरा० जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छोड्नुभएको थियो ।

छुटेको रकम अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झबिन्द्र परियारको रोहबरमा छुटेको रकम जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बुझाएको हो ।

प्रकाशित मितिः सोमवार, पुस १२, २०७८     8:54:37 PM  |