दोस्रो पटक आमा बन्दै चपली हाइट गर्ल विनीता



नेपाली कथानक चलचित्र ‘चपली हाइट’को पहिलो सिरिजबाट चर्चामा आएकी नायिका हुन्– विनीता बराल।

यो चलचित्रमा बोल्ड सिन दिएर चर्चामा आएकी विनीताले त्यसपछि पनि केहि चलचित्रमा काम गरिन। तर ‘फुल स्टप’, ‘सुपहिट’, ‘उमंग’ लगायतका चलचित्रले करिअर जोगाउन नसकेपछि उनी तरिकारी खेतीमा लागेकी थिइन्।

विनीताले चलचित्र र तरकारी खेती दुबै छोडेर २०७६ सालमा आफ्ना प्रेमीसँग लगनगाँठो कसिन। प्रेमी तिलक पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएको पछिल्लो वर्ष उनी पहिलो पटक आमा भएकी थिइन्।

अमेरिकामा बस्दै आएकी विनीताकी छोरी अहिले २ वर्षकी भइन्। छोरी दुई वर्षकी हुँदै गर्दा विनीता दोस्रो सन्तानकी आमा बन्न तयारीमा छिन्। उनले आफू दोस्रो पटक गर्भवती भएको खबर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन्।

उनले आफ्नो एक तस्बिर सार्वजनिक गर्दै आफ्नो गर्भमा ५ महिनाको सन्तान हुर्किरहेको उल्लेख गरेकी छिन्।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार