सिद्धार्थ बैंकको रक्तदान



कोहलपुर ।

सिद्धार्थ बैंक लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश कार्यालय नेपालगन्जको आयोजना बैंकको १९औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यालयमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको नेपालगन्ज शाखा प्रमुख मेघनाथ ढकालले जानकारी दिए । उनका अनुसार स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । जिल्लाका अस्पतालमा बिरामीहरु रगत अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

‘बैंकको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यसमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । हामीले प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ,’ शाखा प्रमुख ढकालले भने ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार