सेवाग्राहीलाई सहज बनाउँदै घरेलु



नेपालगन्ज ।

सेवाग्राहीको सहजताका लागि घरेलु तथा साना उद्योग कार्यालय बाँकेले केही सहजता बनाएको छ । महँगो शुल्क तिरेर निर्माण गर्नुपर्ने व्यावसायिक योजना निर्माण नगर्नुपर्ने घरेलु तथा साना उद्योग कार्यालयले निर्णय गरेको छ ।

व्यावसायिक योजना निर्माणमा विचौलिया हाबी हुँदा सेवाग्राहीहरु चर्काे मूल्य तिर्न बाध्य थिए । अब सीधै कार्यालयमा गएर व्यावसायिक ढाँचाको फाराम भरे मात्र पुग्छ । यसले सेवाग्राहीहरुलाई सहजसँगै विचौलिया हटाएको छ ।

विचौलियाले एउटा व्यावसायिक योजना निर्माण गरेवापत एक हजार पाँच सय रूपैयाँ लिँदै आएका थिए । ‘पहिलो महँगोमा व्यावसायिक योजना निर्माण गर्नुपथ्र्याे,’ उद्योग दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयमा आएका दुर्गा खत्रीले भनिन्, ‘अहिले हटाएपछि त्यो पैसा वचत भएको छ ।’ कार्यालयले सेवाग्राहीमैत्री निर्णय गरेकोमा उनले खुसी व्यक्त गरिन् ।

विचौलिया हाबी हुन थालेपछि व्यावसायिक योजना नभए पनि हुने निर्णय गरिएको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत उजीर न्यौपानेले बताए । ‘विचौलिया रोक्न र सेवाग्राहीलाई सहजताका लागि हामीले यो निर्णय गरेका हौं,’ उनले भने, ‘जनताको सहजताका लागि हामी काम गर्छाैं ।’ विगतमा त्यस्तो प्रकृतिको व्यावसायिक योजना लिने गरिए पनि अब त्यस्तो आवश्यकता नपर्ने उनी बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ११ गते आइतबार