नेपालगन्ज ।
उत्तराखण्डबाट आएका दुई र उपचारका लागि लखनउ गएका एकजनाको स्वाब संकलन भएको हेल्थ डेस्क जमुनाहाले जनाएको छ । उनीहरु तीनैजनामा कोरोना संक्रमण देखिएको हेल्थ डेस्कले जनाएको छ ।
ओमिक्रोनको शंकास्पद देखिएका व्यक्तिहरुको स्वाब मंसिर २२, २६ र पुस ७ गते संकलन गरिएको थियो । संकलित स्वाब अहिलेसम्म परीक्षण भएको छैन । उक्त परीक्षणका लागि स्वाब काठमाडौंमा पठाउनुपर्छ ।
पठाउने माध्यम र स्थान थाहा नहुँदा स्वाब पठाउन नसकिएको हेल्थ डेस्क जमुनाहका ल्याब टेक्निसियन चिरिञ्जीवी ज्ञवालले जानकारी दिए । ‘तीनजनाका स्वाब सुरक्षित साथ राखेका छौं,’ उनले भने, ‘कहाँ र कसरी पठाउने थाहा छैन । त्यसैले पठाउन सकिएको छैन ।’
प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्