नेपालगन्ज।
सडक छेउमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
गएराती १२ बजे अन्नपूर्ण गाउँपालिका २ कास्कीको ढिकुरपोखरीमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक अन्नपूर्ण गाउँपालिका १, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्