अनेरास्ववियू कोहलपुर नगर अध्यक्षमा बलिराज



कोहलपुर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कोहलपुर नगर कमिटीको अध्यक्षमा बलिराज थापामगर चयन भएका छन् । थापामगरको नेतृत्वमा २१ सदस्सीय नगर कमिटी बुधबार गठन गरिएको हो ।

नगर कमिटीको उपाध्यक्षमा सरोज मरासिनी, सचिवमा मनोज पौडेल, सह–सचिवमा विशाल पन्थी, सुशिल क्षेत्री र दिनेश सिंह ठकुरी र कोषाध्यक्षमा प्रतिक्षा पुन चयन भएका छन् ।

May be an image of 7 people, people sitting, people standing and outdoors

त्यसैगरी सदस्यहरुमा गौरव पुन मगर, प्रज्वल नेपाली, सन्त थापा मगर, जित बहादुर चौधरी, सौरव पन्थ, केशव घिमिरे, कमल मल्ल, हेमन्त शाही, प्रतिभा पंगेनी, कमला वली, विद्यान शाही , योगेश देवकोटा, बसन्त भट्ट लगायत रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ७ गते बुधबार