बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– १० का वडा सदस्य ओम प्रकाश बर्नवालको निधन भएको छ ।
सोमबार साँझ उनको हृदयघातका कारण मृत्यु भएको नेपाली काँग्रेस कोहलपुरका युवा नेता भूम प्रसाद भण्डारीले जानकारी दिए ।
कोहलपुर– १० मा रहेको घरमा हृदयघात भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याइएपनि चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए ।
बर्नवाल गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए । उनी नेपाली काँग्रेसका नेता समेत हुन् ।
प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्