पूर्वकप्तान एलबी क्षेत्री भन्छन् :  क्रिकेटरमाथिको कारबाही पूर्वनिर्धारित देखिन्छ



खेलाडीले अनुशासनहिन काम गरेको छ भने कारबाही गर्नपर्छ। कारबाही गर्न हुन्न भन्ने कुराको समर्थन हामी जस्ता पूर्वकप्तानले गर्न पनि हुँदैन, गर्दा पनि गर्दैनन्।

तर हाम्रो नेपाली क्रिकेट कुन अवस्थामा ग्रुजिएर यहाँ पुगेको कुरालाई मूल्यांकन गर्नुपर्छ। यसका पछाडिका पात्र को हुन्रु कसले गर्दा हामी आज यो अवस्थामा आइपुग्यौ भन्ने सबैले आत्मसमीक्षा गर्नुपर्छ। यसको आधारमा मात्र नेपाल क्रिकेट संघ ९क्यान० ले खेलाडीलाई कारबाही गर्ने निर्णय गर्नु पर्थ्यो।


खेलाडीले आजसम्म दिएको योगदानलाई मूल्यांकन नै नगरी निर्णय भयो। ठिक छ खेलाडीले गल्ती गरे। तर अभिभावक संस्थाको मुटु बलियो हुनुपर्छ, दरिलो अनि खुला हुनुपर्छ। उहाँहरूले हतार र एकलौटी रुपमा निर्णय गर्नुभयो। जे हामीले भन्यौ त्यहि हो, त्यसैलाई मान्नु पर्छ भन्ने क्यानमा देखिन्छ। यसले खेलाडीहरूलाई ‘इगो हर्ट’ भयो।

पहिलेको वर्गीकरणमा विवाद भयो। त्यसपछि वर्गीकरण सच्याउनुभयो। फेरी अर्को वर्ष त्यहिँ विवाद भयो। यसको अर्थ के हो भने विहद् छलफलबिना गरिएको वर्गीकरण भयो। जसको असन्तुष्टि त्यहिरूपमा पोखियो।

अहिलेको अवस्थामा क्यान आफै संघर्ष गरिरहेको छ। क्यान आफै व्यवस्थित हुन संघर्ष गरिरहेको छ। एकदिवसीय मान्यतालाई रक्षा गर्नका लागि संघर्ष भइरहेको छ। क्यानसँग आफ्ना पर्याप्त भौतिक पूर्वधार छैनन्। आफ्नो नाममा सानो मैदान छैन।

टी(२० विश्वकपको छनोट, यू(१९ एसिया कप आइरहेको बेला क्यानले छानविन समितिले दिएको प्रतिवेदनमा छलफल गर्दै खेलाडीलाई अनुशासनको दायरामा ल्याउन गम्भीर ध्यानाकर्षण भएको कुरा निर्णय गर्न सक्थ्यो। यस्तै अबदेखि कुनै खेलाडीले क्यानको नियन्त्रणभन्दा बाहिर गइ या आचारसंहित उल्लंघन गर्ने काम गरे कठोर कारबाही गर्न बाध्य हुने भन्ने चेतावनी दिन सक्थ्यो। यस्तो निर्णय भएको भए खेलाडीलाई पनि सचेत गराइन्थ्यो।

क्यानले खेलाडीहरूलाई सम्मान गरेर यस्तो निर्णय गरेको हो भन्न सक्थ्यो। क्यानले हामी अभिभावक भएको कारणले मनमा पीडा राखेर यस्तो निर्णय गरेको हो भन्न पनि मिल्थ्यो।

तर हतार र अपरिपक्क निर्णय भयो।

छानवनि समिति भनेको एउटा सिफारिस समिति हो। आफैमा निर्णय गर्ने समिति होइन। हामीले यी कुरा देख्यौ र यी प्रमाण छन्। त्यसको आधारमा यस्तो सुझाव छ भनेर प्रतिवेदन पेश गर्ने हो। त्यसको आधारमा बोर्ड बैठकमा व्यापक छलफल भएर निर्णायार्थ प्रस्तुत हुन पर्ने हो। यस्तो भएको देखिन्न।

पूर्वनिधारित तरिकाले ‘यो यस्तै हुन्छ, हामी कडा भन्दा कडा कारबाही गर्छौ’ भन्ने कुरा पहिल्यै मिडियामा आए। उहाँहरूले यो पहिल्यै भन्दिनुभयो। यो अति संवेदनशील कुरा त त्यहाँ भएका पदाधिकारीले गोप्य राख्नु पर्थ्यो। आफै सर्बेसर्बा भएर बोल्नु भएन।

बोर्डभन्दा सर्बेसर्बा कोही पनि होइन। यहाँ व्यक्ति सर्बेसर्बा हुँदा यस्तो अवस्था आयो। छाडा प्रवृत्ति देखियो। यस्ता प्रवृत्तिलाई अनुशासनहिन भन्ने कि नभन्ने मेरो प्रश्न छ। किनभने बोर्ड बैठकभन्दा पहिले नै पूर्वनिर्धारित तरिकाले भनाइ राख्दा उहाँहरूले पहिले नै यस्तो हुन्छ भनेर सोचेको भन्ने देखियो। अहिले आएर त्यो प्रमाणित भयो। त्यस्तो पदाधिकारी जो भए पनि कारबाही हुनु पर्छ कि पर्दैनरु

बंगलादेशबाट नेपाली महिला टिम फर्किदा पिसिआर गर्नु पर्छरपर्दैन थाहा नपाउने व्यवस्थापकमाथि कारबाही हुनु पर्ने कि नपर्नेरु उहाँहरूलाई अबदेखि उप्रान्त असक्षम भन्दै व्यवस्थापक हुन प्रतिबन्द लगाउनु पर्ने कि नपर्नेरु यो कुरा त राष्ट्रको गौरवसँग जोडिएको कुरा हो।

बंगलादेशबाट नेपाल आउने महिला टिमको फ्लाइट छुट्यो त्यसको जिम्मेवारी कसले लिनेरु क्यानले व्यवस्थापकीय क्षमता जाँच नगरी त्यस्तो ठाँउमा पठाउँदा देशको बेइजत भयो कि भएनरु

यो पनि त अनुशासनको दयराभित्रको कुरा हो। एउटा पत्र लेखेर क्षमायचना गर्नु भयो अनि सक्कियोरु

पदाधिकारीको हकमा क्षमायचना गरेर सकिने तर खेलाडीको हकमा देशलाई दिएको योगदान कदर नगरी कारबाही गरियो। यसले खेलाडीका लागि पहिलेदेखि नै पूर्वनिर्धारित तरिकाले सोचिरहेको देखियो। त्यसैले यो निर्णय अपरिपक्व र हतारमा गरिएको छ।

कप्तानबाट हटाउने निर्णय गर्नुपर्थ्यो भने पहिला नै गर्नुपर्थ्यो। अहिले एक महिनामा कप्तानबाट हटाउनु पर्ने केहि भएको होइन। उहाँको प्रदर्शन, टिमप्रतिको जवाफदेहिता, क्यानप्रतिको जवाफदेहिता, नेतृत्व क्षमता यी सबै जाँच गरेर अयोग्य हो भने पहिले नै निर्णय गर्नपर्थ्यो। अहिले आएर निर्णय गर्दा बैठकपहिले नै कारबाही गर्ने विषयमा सोचिरहेको भएको देखिन्छ।

पहिलो कुरा त क्यानमै नै गुट र अपगुट छन्। किनभने यसअघि हातेमालो गरेर काम गरेका उपाध्यक्ष र सचिवले राजीनामा दिनुभयो।

टिममा समूहहरू त भइहाल्छ। अहिलेको निर्णयले व्यक्तित्वको टकराव बढाउन सक्छ। ज्ञानेन्द्र मल्ललाई हटाएर अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय सन्दीप लामिछानेलाई कप्तान नियुक्त गर्दा दुई बीचमा व्यक्तित्वको टकराव हुन सक्ने जोखिम देख्छु।

विश्वकप छनोटअघि यस्तो निर्णय गर्दा खेलाडीको मनोबल घट्छ। कप्तान जस्तो व्यक्तिको ५(७ जना त साथी हुन्छन्। यो कुरा स्वभाविक कुरा हो।

पुराना र युवा खेलाडीले निर्णयको विरूद्धमा छौ भनिसकेका छन्। अब उनीहरूमाथि कारबाही हुने कि नहुनेरु

अर्को कुरा पूरा टिमले यू(१९ सँग अभ्यास खेल बहिस्कार गर्‍यो। अब सबै टिममाथि कराबाही हुने कि नहुनेरु

यस्ता गम्भीर प्रश्न खडा भयो। त्यो अनुशासनहिताभन्दा यो अनुशासनहिता झन् गम्भीर हो।

अब क्यानले हामी नै हो भन्ने लाग्छ भने सबैलाई कारबाही गरेर देखाउन सक्नु पर्‍यो। यस्ता चिँजको गम्भीरतालाई नलिएर एउटा इस्यू उठाएर त्यसलाई जटिल बनाउने अवस्था देखियो।

यसमा खेलाडी पनि संयम हुन पर्ने देखिन्छ। खेलाडीले कुनै व्यक्तिका लागि नभइ देशका लागि खेल्ने हो। खेलाडीले आफ्नो इगोलाई छाडेर देशका लागि खेल्नुपर्छ। राष्ट्रको गहना खेलाडी हुन् पदाधिकारी होइनन्। त्यसैले खेलाडीले देशप्रतिको जवाफदेहिता सम्झिएर ‘विन(विन’ अवस्थाबाट अघि जानुपर्ने देखिन्छ। राम्रोसँग संवाद गरेर, सहमति गरेर यसलाई सल्टाउनु पर्छ।  @ setopati

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार