कोहलपुर ।
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट केहीबेर अगाडी एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको हो ।
गोल्छामा क.प्र. ०२–००१ ख ००८ नम्बरको ट्रकले ठक्कर दिँदा रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका– ११ का ६० वर्षीय मन बहादुर केसीको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
गम्भीर घाइते केसीलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदैं गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।
प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्