कोहलपुरमा ट्रकले किच्दा पैदलयात्रीको मृत्यु, थप जानकारी आउन बाँकी



कोहलपुर ।
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट केहीबेर अगाडी एक जनाको मृत्यु भएको छ ।
नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको हो ।
कोहलपुर नेपालगन्ज सडक खण्डको गोल्छामा ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

यसबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार