कोहलपुर ।
ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार नेपाल हेल्थ कप्र्स अन्तर्गत नेपालगन्ज मेडिकल कलेज टिम (एनजिएमसी) र एनजिएमसी यूथले कार्यालयमै पुगेर प्रहरीहरुको स्वास्थ्य परीक्षण गरेको
हो । मेडिकल कलेज कोहलपुरमा मेडिसिन विभागमा कार्यरत डा. चेतन न्यौपाने, नाक, कान, घाँटी विभागमा कार्यरत डा. रबि के.सी, छालारोग विभागमा कार्यरत डा.जेनी थापा, कम्यूनिटी मेडिसिन विभागमा कार्यरत डा. स्वकृती कोइराला र इमरजेन्सी विभागमा कार्यरत डा. देवेन्द्र आचार्यले सुरक्षाकर्मीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा ५० बढी ट्राफिक र नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उपचारमा संग्लन चिकित्सक डा. आचार्यले जानकारी दिए ।
‘५० बढी सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण गरिएको थियो’ उनले भने, ‘थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा रिफर गरिएका सुरक्षाकर्मीको उपचारमा त्यहाँ ५० प्रतिशत छुट हुनेछ ।’ उनका अनुसार सुरक्षाकर्मीको मधुमेह, रक्तचाप, नाककान घाँटी, छाला र आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ परीक्षण गरिएको थियो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा चिकित्सकहरुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत इन्र्टन डाक्टरहरु र अध्ययनरत विद्यार्थीहरुले सहयोग पु¥याएको डा. आचार्यले बताए । स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै मेडिकल कलेज कोहलपुरका नाक, कान घाँटीका प्रोफेसर तथा विभागिय प्रमुख डा. डुण्डीराज पौडेलले सडकमा जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण भएकाले त्यसको प्रत्यक्ष सडक खटिने प्रहरीहरुलाई परेको बताए ।









प्रतिक्रिया दिनुहोस्