तस्करी नियन्त्रणमा सशस्त्रको सक्रियता: काठसहित दुईवटा ट्रयाक्टर नियन्त्रणमा



नेपालगन्ज : 

अवैध सिसौंको काठसहित सशस्त्र प्रहरीले दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ५ मा रहेको गोकुल सामुदायिक वनबाट अवैधरुपमा ल्याउँदै गरेको काठसहित सशस्त्र प्रहरीले ट्रयाक्टरलाई समेत नियन्त्रणमा लिएको हो ।


सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मरबहादुर थारुको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको सिसौंको काठ ११८.१४ क्यूफिट रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक अशोककुमार बमले जानकारी दिए ।

काठको अन्दाजी मूल्य पाँच लाख ३१ हजार ६ सय ३० र दुईवटा ट्रयाक्टरको मूख्य अन्दाजी आठ लाख गरेर १३ लाख ३१ हजार ६ सय ३० रहेको उनले बताए । नियन्त्रणमा लिइएका सिसौंका १३ गोलिया काठ र दुई ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार