कोहलपुर : प्याब्सन बाँकेको अध्यक्षमा यम रावत चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न १५ औँ जिल्ला अधिवेशनबाट रावत अध्यक्षमा चयन भएका हुन् ।
साथै रावतको नेतृत्वको सम्पूर्ण पदाधिकारी समेत सर्वसहमतिमा चयन गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्तलाई चयन भएका छन् ।
रावत बागेश्वरी एकेडेमी कोहलपुरका संचालक हुन् ।
प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार










प्रतिक्रिया दिनुहोस्