अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै कोहलपुरमा प्रदर्शन गरिएको छ । मंगलबार एमसीसी सम्झौताविरुद्ध २२ दलीय मोर्चाले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
कोहलपुर न्यूरोड चोकबाट सुरु भएको विरोध प्रदर्शन साझा चोकसम्म पुगेर पुनः न्यूरोड चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले सरकारलाई राष्ट्रघाती एमसीसी सम्झौता संसद् पारित नगर्न चेतावनी दिएका थिए ।
प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, एमसीसी सम्झौता धोका हो’ लगायतका नाराहरु लगाएका थिए ।
प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार










प्रतिक्रिया दिनुहोस्